बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दै

नेताहरुको कार्यविभाजनबारे छलफल हुने
बुधबार, १८ माघ २०७९, ०६ : २३
बुधबार, १८ माघ २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । आज १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बस्ने कार्यतालिका छ । 

आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप