माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
बुधबार, १८ माघ २०७९, ०८ : २३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले रातोपार्टीलाई जानकारी दिए।
आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने
-
रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने
-
मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल
-
‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई
-
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल