सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयतालाई संस्थागत गर्न सके तराई मधेसको विकासमा कायापलट हुने बताएका छन् । बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयार सिचाई योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।
यादवले सङ्घीयतालाई संस्थागत हुन नदिने खेल सुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठुला दलहरुले तराई मधेसको विकासमा आनाकानी गर्ने गरेको प्रति लक्षित गर्दै यादवले एक पटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपने बताए ।
मधेस प्रदेश सरकारको करिब २१ करोड लागतमा निर्माण हुने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हुने बताइएको छ । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ ।
कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण