सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन हुने

बुधबार, १८ माघ २०७९, १९ : २५
बुधबार, १८ माघ २०७९

बुटवल । बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । 

देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उनले समान समस्या, मुद्दा र संरचना भएकाहरू बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।

सम्मेलन २०७९ माघ २१ र २२ गते हुने छ। सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहने छ। 

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने  छ। सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य सत्रहरू बुटवल उपमहानगरको सभाहलमा हुने छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप