पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी एक्स्पोको उद्घाटन गर्ने
_fzN6XSDp4O.jpg)
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहासिक सीएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तीव्र पारिएको छ ।
भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पो स्थलमा राखिएका करिब चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।
उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताएका छन् । उनले उद्घाटनलाई अविस्मरणीय बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दूतका रूपमा १३ वटा परेवा र बेलुन उडाउनेसम्मका कार्यक्रम राखिएका छन् । आयोजक समितिका सबै पदाधिकारीहरूले अनिवार्य रूपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् ।
उद्घाटन अघि अपराह्न १२ बजे विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको ¥याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।
महिलाको समूहले पञ्चेबाजा बजाएर झाँकीको सुरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्यान्डसहित थारु, झाँगड लगायतका जातजातिको समूह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए ।
एक्स्पोको प्रचारका लागि बुधबार एक्स्पो स्थलबाट मोटर ¥याली समेत निकालिएको थियो । नेपाल उद्योग परिसंघ अन्तरगतको युवा उद्यम च्याप्टरको समन्वयमा निकालिएको मोटर ¥यालीको उद्घाटन सीएनआईका प्रमुख सल्लाहकार महेश जाजु, सल्लाहकार पवन सारडा लगायतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी
-
तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत
-
‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स
-
‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन