शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका प्रवक्ता महरालाई प्रश्न -पार्टीको बैठक किन सरिरहेको हो ?

बिहीबार, १९ माघ २०७९, १० : ४३
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा महराले प्रधानमन्त्री भएपछि धेरै काममा व्यस्त हुनुपर्ने भएकाले बैठक सार्न बाध्य भएको बताए । 

‘प्रधानमन्त्री भएपछि धेरै काम हुन्छन् । धेरैतिर समय दिनुपर्छ भन्ने सबैले बुझेको कुरा भयो । उहाँको विभिन्न कामको व्यस्तताले गर्दा पार्टीको बैठक सरेको हो’ रातोपाटीसँग कुरा गर्दै महराले भने,  ‘आज बैठक सक्ने तयारी छ । प्रधानमन्त्री ज्यूले कम महत्त्व दिएको होइन । धेरै होमवर्क गरेर बैठक बस्न खोजेको हो । पार्टीका विविध संगठनिक स्वरूपलाई मिलाउनु पर्नेछ ।’ 

गत माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक २ दिन मात्रै बस्यो । त्यस लगत्तै पुनः स्थायी समिति बैठक रोकेर पदाधिकारी बैठक बस्यो । आज बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप