माओवादीका प्रवक्ता महरालाई प्रश्न -पार्टीको बैठक किन सरिरहेको हो ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा महराले प्रधानमन्त्री भएपछि धेरै काममा व्यस्त हुनुपर्ने भएकाले बैठक सार्न बाध्य भएको बताए ।
‘प्रधानमन्त्री भएपछि धेरै काम हुन्छन् । धेरैतिर समय दिनुपर्छ भन्ने सबैले बुझेको कुरा भयो । उहाँको विभिन्न कामको व्यस्तताले गर्दा पार्टीको बैठक सरेको हो’ रातोपाटीसँग कुरा गर्दै महराले भने, ‘आज बैठक सक्ने तयारी छ । प्रधानमन्त्री ज्यूले कम महत्त्व दिएको होइन । धेरै होमवर्क गरेर बैठक बस्न खोजेको हो । पार्टीका विविध संगठनिक स्वरूपलाई मिलाउनु पर्नेछ ।’
गत माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक २ दिन मात्रै बस्यो । त्यस लगत्तै पुनः स्थायी समिति बैठक रोकेर पदाधिकारी बैठक बस्यो । आज बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण