शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तक दिवसमा खरेल र ज्ञवाली पुरस्कृत

बिहीबार, १९ माघ २०७९, ११ : ५०
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले दशौँ वार्षिकोत्सव र मुक्तक दिवसको अवसर पारेर मुक्तककार यादव खरेल र रुद्र ज्ञवालीलाई पुरस्कृत गरेको छ । 
रामकाजी कोनेको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित कार्यक्रममा ‘भीमदर्शन मुक्तक पुरस्कार’बाट वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरिएको हो । उक्त पुरस्कारको राशि नगद ५१ हजार रुपियाँ र सम्मानपत्र रहेको छ । 
यसैगरी ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ मुक्तककार रुद्र ज्ञवाली (रुपन्देही)लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि नगद ३१ हजार रुपियाँ र सम्मानपत्र रहेको छ । 

यी दुवै पुरस्कार उक्त कार्यक्रमका प्रमुख अतिथि एवं प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति वैरागी काँइलाले हस्तान्तरण गरेका थिए । कार्यक्रमा मुक्तक प्रतिष्ठनाको  स्मारिकासमेत लोकार्पण गरिएको थियो । 
यसैगरी मुक्तकमा समर्पित चार संस्था घुम्ती मुक्तक नेपाल (काठमाडौँ),  हातेमालो साहित्य (काठमाडौँ), मुक्तक मन्डप (भैरहवा) र  मुक्तक मञ्च (पोखरा)लाई मायाको चिनो पनि प्रदान गरिएको थियो । 

कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमले मुक्तक रचना विधान र पुरस्कृत व्यक्तित्वहरूको बारेमा आफ्ना धारणा राखेका थिए भने निर्मलरमण पराजुली (अध्यक्ष–घुम्ती मुक्तक नेपाल), रामजीप्रसाद आचार्य (अध्यक्ष– मुक्तक मञ्च केन्द्र, पोखरा), विष्णु विवश पोखरेल (अध्यक्ष– मुक्तक मण्डप, रुपन्देही) र सुनील अधिकारी (अध्यक्ष– हातेमालो साहित्य सङ्गम)ले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष वियोगी बुढाथोकीले अतिथिहरूलाई खादा लगाएर सम्मन गरेका थिए ।उक्त संस्थाका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य तथा संस्थाकी सल्लाहकार उषा शेरचनले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन भने संस्थाका महासचिव यादव भट्टराईले गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप