अर्थ मन्त्रालयले गर्यो सहसचिवहरुको कार्य विभाजन, कसलाई कुन महाशाखा ?
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिवहरुको कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको हो ।
नयाँ कार्यविभाजनसँगै सहसचिव कृष्ण नेपालले आर्थिक सहायता समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै, धनीराम शर्माले बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् ।
यसैगरी, झक्कुप्रसाद आचार्यले वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाउँदा लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै, इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा, रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखा, सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखा र कमलप्रसाद भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख बनेका छन् ।
यसका साथै, सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् भने शिवलाल तिवारीले भन्सार जाँचपास परीक्षण कार्यालयको जिम्मेवारी पाएको मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण