शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड कमब्याक गर्दै ज्योतिका

बिहीबार, १९ माघ २०७९, १९ : ४९
बिहीबार, १९ माघ २०७९

मुम्बई । अभिनेत्री ज्योतिका सरवनन बलिउड कमब्याक गर्ने भएकी छन् । फिल्म ‘श्री’ मार्फत उनी फेरि बलिउडमा देखिन लागेकी हुन् । 

फिल्मको सुटिङ उनले हालै सकाएकी छन् । फिल्ममा उनको अपोजिटमा राजकुमार राव रहेका छन् । फिल्मका निर्देशक तुषार र निर्माता निधि परमार हिरानन्दनी रहेका छन् ।

ज्योतिकाले इन्स्टाग्राममा एक पोष्ट गर्दै फिल्मको छायांकन सकिएको जानकारी दिएकी छन् । 

उनले भनेकी छन्, ‘श्री’को लागि आफ्नो पार्ट सुट गरेकी छु । यो मैले अहिलेसम्म काम गरेको उत्कृष्ट टिम मध्यको एक हो । मलाई यो अर्थपूर्ण फिल्मको हिस्सा बनाएकोमा तुषार र निधिलाई धन्यवाद ।’ 

उनले अभिनेता राजकुमार बलिउडका उत्कृष्ट कलाकारहरूमध्ये एक भएको चर्चा गर्दै उनीसँग स्क्रिन सेयर गर्न पाउनु सम्मानको कुरा भएको उल्लेख गरेकी छन् ।

अभिनेत्रीको यो पोस्टमा राजकुमार रावले पनि कमेन्ट गरेका छन् । राजकुमारले लेखेका छन्, ‘धेरै धेरै धन्यवाद । तपाईँ यस्तो अद्भुत कलाकार हुनुहुन्छ । हामी सबैले तपाईँलाई सम्झनेछौं ।’

फिल्म ‘श्री’ नेत्रहीन उद्योगपति श्रीकान्त बोल्लाको बायोपिक हो । फिल्ममा अलाया एफ र शरद केलकर पनि मुख्य भूमिकामा छन् ।

ज्योतिका साउथ फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले साउथको अलवा कन्नड, मलयालम, तेलूगु र बलिउड फिल्म अभिनय गरेकी छन् । बलिउडमा उनले अभिनय गरेको पछिल्लो फिल्म ‘डोली सजा के रखना’ हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप