सीएनआई कोशी एक्स्पोको भव्य उद्घाटन (तस्बिरहरु)
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा आजदेखि सुरु भएको सीएनआई कोसी एक्स्पो २०७९ को भव्य उद्घाटन भएको छ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
एक्स्पोस्थलमा २७० वटा स्टलहरु राखिएको छ । जसमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरण गर्नेछन् ।
एक्स्पो उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक वाचन गरियो । शान्तिका दूतका रूपमा परेवा र बेलुन उडाइयो । उद्घाटन अघि विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोसाकमा झाँकीसहितको ¥याली पनि निकालिएको थियो ।
महिलाको समूहले पञ्चेबाजा बजाएर झाँकीको सुरुवात गरेका थिए । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातिको समूह सहभागी भए । एक्स्पो उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री ओलीसहित संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशका मन्त्रीहरु, संघीय सांसद तथा प्रदेश सांसदहरू सहभागी थिए ।
एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहेका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।
एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्ला हिमालहरुको नाममा पेभिलियन राखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्ग आयोजित एक्स्पोलाई ऐतिहासिक बन्ने आयोजकको विश्वास छ ।
माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सय जनाभन्दा बढी युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिने दाबी गरिएको छ । एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिनेछ । त्यसका साथै थारु जातीको सांस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माण गरिएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण