मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सीएनआई कोशी एक्स्पोको भव्य उद्घाटन (तस्बिरहरु)

बिहीबार, १९ माघ २०७९, २० : ०६
बिहीबार, १९ माघ २०७९

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा आजदेखि सुरु भएको सीएनआई कोसी एक्स्पो २०७९ को भव्य उद्घाटन भएको छ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । 

एक्स्पोस्थलमा २७० वटा स्टलहरु राखिएको छ । जसमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरण गर्नेछन् । 

एक्स्पो उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक वाचन गरियो । शान्तिका दूतका रूपमा परेवा र बेलुन उडाइयो । उद्घाटन अघि विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोसाकमा झाँकीसहितको ¥याली पनि निकालिएको थियो । 

महिलाको समूहले पञ्चेबाजा बजाएर झाँकीको सुरुवात गरेका थिए । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातिको समूह सहभागी भए । एक्स्पो उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री ओलीसहित संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशका मन्त्रीहरु, संघीय सांसद तथा प्रदेश सांसदहरू सहभागी थिए ।

एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहेका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।

एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्ला हिमालहरुको नाममा पेभिलियन राखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्ग आयोजित एक्स्पोलाई ऐतिहासिक बन्ने आयोजकको विश्वास छ । 

माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सय जनाभन्दा बढी युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिने दाबी गरिएको छ । एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिनेछ । त्यसका साथै थारु जातीको सांस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माण गरिएको छ ।

IMG_0751IMG_0752IMG_0754IMG_0756IMG_0760IMG_0761IMG_0763IMG_0768IMG_0771IMG_0780IMG_0783IMG_0785IMG_0795IMG_0818IMG_0822

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप