शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
विकास

कहिले पूरा होला सहिद मार्ग ?

शुक्रबार, २० माघ २०७९, ०९ : ५८
शुक्रबार, २० माघ २०७९

दाङ । सहिद मार्ग, जसको पुुरानो नाम घोराही–होलेरी–चुनवाङ सडक हो । ४० वर्षअघि घोराही–होलेरी–चुनवाङ सडक योजनाका नामबाट उक्त सडक निर्माण कार्य शुुरु गरेको पाइन्छ । तर लगानी अभाव, राज्यको प्राथमिकतामा नपर्नु, कठिन भूबनोट जस्ता कारण यो सडक निर्माण पूरा हुन सकेको छैन ।

जतिबेला सामान्य ट्रयाकमात्र खुलेको थियो त्यतिबेला नेकपा माओवादी जनयुद्धको रापताप थियो ।  सोही क्रममा तत्कालीन माओवादीले सडक स्तरोन्नतिका लागि श्रम शिविर सञ्चालन गरेको थियो । रोल्पाको नुवागाउँदेखि हान्दिङ्गसम्म श्रम शिविरकै माध्यमबाट सडक स्तरोन्नति गरियो ।  जहाँ हिउँदमा ट्याक्टर हलुुका सवारी साधन चल्नेसम्मको सडक निर्माण भयो । पछि आ.व.२०६४÷०६५ मा नेपाल सरकारले सोही सडकलाई सहिद मार्ग रुपमा नामाकरण ग¥यो । तर, सडक निर्माण प्रक्रिया पुरा हुन भने नसकेको हो ।

लुम्विनी प्रदेशको पहाडी जिल्ला रोल्पा र एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको लाइफलाइनका रुपमा हेरिएको उक्त सडक घोराहीदेखि रुकुुमपूर्वको तकसेरा मैकोटसम्म २२० किलोमिटर पर्दछ । जसलाई सरकारले दाङको व्यापारिक नाका कोइलावाससँगै घोराही–होलेरी–थवाङ– रुकुमपूर्वको तकसेरा –मैकोट हुदै डोल्पाको दुनैसम्म जोड्ने लक्ष्य राखेको छ ।

328021636_700816614925343_7495770981143770449_n

भारतीय एक्जिम बैंकको ऋण सहयोगका आर्थिक वर्ष २०७१ असारदेखि दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म ४२ करोडको लगानीमा ३१.५ किलोमिटर बाह्रैमास सवारी साधन गुड्ने लक्ष्यका साथ कालोपत्रेको काम सुरु गरिएको थियो । ४ वर्षभित्र निर्माण सम्पन्न गरीसक्ने गरी शिल्ड प्यासिभिक जेभीले सडक निर्माणको जिम्मा लिएको थियो । ३१.५ किलोमिटर कालोपत्रे सडक मध्ये अहिले ठाउँ–ठाँउमा गरी ८ किलोमिटर मात्रै कालोपत्रे बनेको छ । सहिद मार्ग निर्माण आयोजना कार्यालय रोल्पाका अनुुसार लगानी अभावका कारण काम दूत गतिमा अघि बढ्न सकेको छैन ।  लगानी गरे पनि बचाउन नसकेको कार्यालय भनाइ छ ।

‘सडकमा लगानी बालुवामा पानी’

वर्षाैँसम्म पक्की सडकको रहर र आशमा बसेका रोल्पालीहरु  २०७१ सालमा सहिद मार्गमा कालोपत्रे सुरु हुदा खुसीले गद्गद् थिए । तर दुुर्गम रोल्पालीहरुको त्यो खुुसी धेरै दिन टिक्नै सकेन । सडक निर्माणको सम्झौता मिति नसकिँदै कालोपत्रे सडकको नाम निशान नै मेटियो । ठेकेदार कम्पनीले सम्झौता अनुुसार काम नगर्नुु, दाङका सिमेन्ट उद्योगका सयौँ टिपर चुुनढुुङ्गा बोकेर हुुइँकिदा राज्य करोडौँ लगानी र रोल्पालीहरुको चिल्लो सडकको सपना धुलोमै उड्यो । रुन्टीगढि गाउँपालिका ३ निवासी हर्कराज घर्तीले भने, ‘सडकको दुःख बाउबाजेकै पालादेखि हो । कहिले पुुरा हुने भएनन् ।’  निर्माण कम्पनीले सम्झौता अनुुसारको सडक निर्माण र मर्मत सम्भारको काम गर्न नसक्दा र ओभरलोडक टिपर हुइकिँदा  राज्यको लगानी र रोल्पाको विकास खेर गइरहेको उनको भनाइ छ । सहिद मार्ग निर्माणप्रति राज्य चिन्तित नहुँदा दुुर्गम रोल्पा र रुकुमको अवस्था अझै फेरिन नसकेको उनले बताए । उनले भने, ‘रोल्पा हिजोजस्तो थियो । अझै उस्तै छ  । विकास ल्याउने बाटोले रहेछ । हाम्रो सडक अझै ६ महिना बस चल्छन्, ६ महिना बन्द हुन्छन् ।’ सडक निर्माण नसकिँदा दाङसहित रोल्पा र रुकुम पूर्वका ९ स्थानीय तहका २ लाख ५२ हजार ९ सय २८ जना प्रत्यक्ष समस्या भोगिरहेको सहिद मार्ग आयोजना कार्यालय रोल्पाका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

327327671_572560944763942_8682513625205572322_n

ग्राभेल सडककोे भरमा सहिद मार्ग

दाङको घोराहीदेखि रुकुमपूर्वको तकसेरा मैकोटसम्म २२० किलोमिटर मध्ये हालसम्म ३१.५ किलोमिटर सडक कालोपत्रे भएको छ । कालोपत्रे सडकमध्ये ८ किलोमिटर मात्र कालोपत्रे बचेको छ । बाँकी सडक अझै गिट्टी र माटोको ग्राभेलमा चलिरहेका छन् । २२० किलोमिटर सडकमध्ये १३५ किलोमिटर ग्राभेल, ४२ किलोमिटर माटे ग्राभेल र १२ किलोमिटर नयाँ ट्याक्क खोल्न अझै बाँकी रहेको आयोजना प्रमुख भट्टराईले जानकारी थिए । भट्टराईका अनुुसार घोराही–होलेरी ३१.५ किलोमिटर कालोपत्रे सडकमध्ये हाल कालोपत्रे ८ किलोमिटर मात्रै बचेको छ । होेलेरी–दारबोट ४० कि.मी. ग्राभेल, दारबोट–घर्तीगाउँ २५ कि.मी., घर्तीगाउँ–दुुईखोली ९.५ कि.मी. ग्राभेल, दुुईखोली–खरिबोट १२ कि.मी. माटे ग्राभेल, खरिबोट–थवाङ २३ कि.मी. ग्राभेल, थवाङ– महत–दुुमै १६कि.मीं ग्राभेल, काक्री–तकसेरा २६ कि.मी. , विर्गम–ओख्मा १५ किलोमिटर ग्रोभल रहेको छ । जुुन ग्रोभल सडक हिउँदे सडकका रुपमा सञ्चालित छन् ।

लगानी अभावका कारण ग्राभेल सडकको स्तरोन्नति र नयाँ ट्याक्क खोल्न नसकेको आयोजना प्रमुख भट्टराईले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप