शेख हसिनाको छोराले लिए अमेरिकाको नागरिकता
वासिङ्टन डीसी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले अमेरिकी राहदानी लिएको खबर आएको छ । उनले वाशिंगटन डीसीमा अमेरिकी नागरिकताको शपथ लिएको ‘बंगलादेश प्रतिदिन’ले भनेको छ । शपथ ग्रहण समारोहमा विभिन्न देशका २२ जनाले भाग लिएका थिए । तीमध्ये जोय सहित तीन जना बंगलादेशी मूलका थिए ।
उनले आफूसँगै एक जना वकिल पनि ल्याएका थिए । शपथ लिने तीन बंगलादेशीमध्ये जोय दोस्रो थिए । मोहमद युनुसको वर्तमान सरकारले जोयको बंगलादेशी राहदानी रद्द गरिदिएको थियो । यस्तो अवस्थामा उनले अमेरिकी राहदानी लिनुपरेको भनिएको छ । ग्रिन कार्डले कुनै पनि व्यक्तिलाई अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैनथ्यो ।
सजीव वाजेद जोयलाई अमेरिका बाहिर यात्रा गर्न राहदानी चाहिएको थियो । यसै सन्दर्भमा उनले अमेरिकाबाट राहदानी लिएको बताइएको छ । गत वर्ष अगस्टमा विद्यार्थीहरूको चर्को विद्रोहका बिच बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा जोयकी आमा शेख हसिना भागेर भारतमा आएकी थिइन् । उनी अहिले पनि भारतमै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण