मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुसी प्रतिनिधिमण्डल टर्कीमा, आएनन् पुटिन

शुक्रबार, ०२ जेठ २०८२, ०९ : १०
शुक्रबार, ०२ जेठ २०८२

सारांश

  • रुसी र युक्रेनी प्रतिनिधिमण्डल टर्कीको इस्तानबुलमा शान्ति वार्ताका लागि भेला भए। पुटिन वार्तामा अनुपस्थित रहेका थिए, जसलाई पश्चिमा कूटनीतिज्ञहरूले आलोचना गरे।
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनलाई व्यक्तिगत रूपमा भेट्न चुनौती दिएका थिए, टर्कीका राष्ट्रपति एर्दोगानसँगको भेटपछि थप योजना बन्ने छ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको अनुपस्थितिमा आश्चर्य नभएको बताए।

इस्तानबुल । युक्रेनसँग शान्ति वार्ताका लागि निम्नस्तरीय रुसी प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल सहर आइपुगेको छ । बुधबार रुसी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भ्लादिमिर पुटिन प्रतिनिधिमण्डलमा समावेश छैनन् । 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अन्य वरिष्ठ सरकारी व्यक्तित्वहरूको नेतृत्वमा युक्रेनी प्रतिनिधिमण्डल पनि यहाँ आइपुगेको थियो । वार्तामा पुटिनको अनुपस्थितिको पश्चिमा कूटनीतिज्ञहरूले आलोचना गरेका छन् । रुस शान्ति वार्ताप्रति गम्भीर नभएको उनीहरूको भनाइ थियो । 

आफ्नो प्रतिनिधिमण्डल शान्ति वार्ताप्रति गम्भीर रहेको र पुटिनको दृष्टिकोण प्रस्तुत गर्ने रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताइन् । पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले रूसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अनि यसमा अन्य तीन वरिष्ठ अधिकारीहरू पनि समावेश रहेको बताइएको छ । पुटिनले वार्ताका लागि विज्ञको रूपमा चार जना तल्लो तहका अधिकारीहरूलाई पनि नियुक्त गरेका छन् । 

हप्ताको सुरुमा, युक्रेनी राष्ट्रपतिले पुटिनलाई टर्कीमा व्यक्तिगत रूपमा भेट्न चुनौती दिएका थिए । जेलेन्स्कीले अंकारा पुगेपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानलाई भेट्ने र पुटिनको प्रतीक्षा गर्ने बताएका थिए । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइल पोडोल्याकले जेलेन्स्कीले पुटिनसँग मात्र भेट्ने बताएका छन् । जेलेन्स्कीले एर्दाेगानलाई भेटेपछि थप कार्य योजना स्पष्ट हुने उनले बताए । 

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता टर्कीमा युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित नहुनुमा आफूलाई कुनै आश्चर्य नभएको बताएका छन् । उनले यो विषयमा ध्यान पनि दिएनन् । उनले भने, ‘म त्यहाँ नभएको खण्डमा पुटिन त्यहाँ जान सम्भव छ जस्तो मलाई लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप