माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए ।
पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।
गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।
रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण