मौसम पूर्वानुमान, तत्काल वर्षाको सम्भावना छैन
आइतबार, २२ माघ २०७९, ०६ : ०६
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा हुस्सु लागेको छ।
आज दिउँसो प्रदेश एकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
प्रदेश एकका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू-भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
-
उत्कृष्ट लयमा रहेका स्ट्राइकर उएदा
-
अर्थमन्त्री भन्छन्– शाहसिक सुधारको जग बसालिएको छ
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण