पीएसजीको जितमा मेस्सीको गोल
आइतबार, २२ माघ २०७९, ०९ : २५
लियोनल मेस्सीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको घरेलु मैदानमा टुलुसले सुरुवाती अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टुलुसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३८ औं मिनेटमा हाकिम अच्राफीले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । खेलको ५८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
जितसँगै पीएसजीले २२ खेलमा ५४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित टुलुस २९ अंक जोडेर १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण