वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छु : मन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनैपनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन् ।
उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको पनि बताए । उनले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्ने बताए । उनले मन्त्रालय ठगी गर्ने म्यानपावरहरुलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताए । मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए । उनले मुलुकमा पछिल्लो वैदेशिक रोजगारका समय बढ्दै गएको बताए । उनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गरे ।
उनले भने, ‘म्यानपावरहरु र व्यवसायीहरुलाई सुध्रिनको लागि समय दिन्छौं । दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ । कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं । वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकहरुलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरुलाई कारबाही गर्न सकैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन । म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन । भयो भने प्रमाण समेत ल्याएर आउँदा हुन्छ ।’
उनले भने, ‘म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानूनले सिधा गएर आक्रमण गर्न दिँदैन । कानूनी रुपमा कारबाही गर्ने हो । त्यसमा मैले काम गरिरहेको छु । यो देशमा समस्या नै समस्या छ । मन्त्रालयले एउटा विज्ञप्ति जारी भएको छ । विज्ञप्ति पछाडिको भाव सबै मेनपावर व्यवसायीहरुले बुझि दिनुहोला । यसको भाव बुझेमा ठगीहरु कम हुँदै जान्छ । म कुनै राजनीतिक दलको मन्त्री भएर आएको होइन । म ३ करोड नेपालीहरुको मन्त्री भएर आएको हो । म मन्त्री प्रक्रियाबाट आएको हो । मन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री भएर काम गर्दिन ।’
मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर ३ करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताए । उनले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्रालयमा मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण