राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै
सोमबार, २३ माघ २०७९, ०७ : ३०

काठमाडौं । राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए । रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन
-
देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’