राष्ट्रपतिले माघ २७ मा संसदमा विशेष सम्वोधन गर्ने
सोमबार, २३ माघ २०७९, ०८ : ५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन