प्रदेश १ प्रदेशसभा बैठक बस्दै, दुईवटा अध्यादेश स्वीकृत गरिने
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा यसअघि सरकारले ल्याएको प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । अध्यादेशलाई प्रदेशसभा सञ्चालन भएको ६० दिनभित्र विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सरकारले सोही अनुसार तयारी भइरहेको जनाएको छ ।
प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार आजको प्रदेशसभा बैठकले कार्यव्यवस्था परामर्श समिति निर्माण हुने र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन हुनेछ । प्रत्येक नयाँ संसदले आफू संचालन गर्ने नियमावली आफैं बनाउनु पर्ने अभ्यास छ ।
यसअघि पुस ३० मा उपसभामुख चयन गरेपछि विजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालीन स्थगनमा गएको थियो । २२ दिनपछि हिउँदे अधिवेशनको छैटौ बैठक आज बस्न लागेको हो । संसद् बैठक सुरु हुने अघिल्लो दिन आइतबार साँझसम्म सरकारले सदनमा कुनै पनि विधेयक पठाएको छैन ।
सरकारले संसदलाई विजनेस दिने गृहकार्य भइरहेको दाबी गरेको छ । पुस २५ मा मुख्यमन्त्रीका रुपमा हिक्मत कार्कीले सपथ लिएका थिए । अघिल्लो सरकारले तयार पारेको सञ्चार विधेयक तत्कालीन विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले समितिमा छलफलमै नलगेर रोकिदिएका थिए ।
यसबाहेक स्थानीय तह सेवा ऐन, भाषा आयोगले सिफारिश गरे अनुसार प्रदेशको कामकाजी भाषाका बारे पनि विधेयक आउन जरुरी रहेको सांसदहरुले बताउँदै आएका छन् । तर, सरकारले यी विधेयकमा कुनै तयारी गरेको छैन । यसबाहेक संसद्का विषयगत समितिहरु पनि गठन भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण