पोखरा महानगरका सहकारी सञ्चालक समितिको कार्यकाल ४ वर्ष
सोमबार, २३ माघ २०७९, २० : ४४

पोखरा । पोखरा महानगरपालिकाले पोखराका सहकारी सञ्चालक समितिको कार्यकाल ४ वर्ष हुने कानुनी व्यवस्था गरेको छ ।
महानगरले आफ्नो पालिकामा दर्ता भई सञ्चालित सहकारी सञ्चालक समितिको कार्यकाल ३ वर्षबाट बढाएर ४ वर्ष पुर्याएको हो ।
महानगरको १२ औं नगरसभाले सोमबार सहकारी सञ्चालन ऐन सम्बन्धी कानुन संशोधन गरेको छ ।
उक्त संशोधनपछि अब महानगरभित्र सञ्चालित सहकारीका सञ्चालक समितिको कार्यकाल ४ वर्ष हुने भएको छ ।
यस्तै सभाले वडाका योजनाहरुको रकमान्तरसमेत गरेको छ । पोखरा महानगरका ३३ वडाबाट कुल ४ सय ८६ वटा योजनाका लागि रकमान्तर गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
-
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
-
प्रिमियरमा ‘के घर के डेरा : घर नं २’ हेरेपछि सर्वसाधारणले के भने ?
-
खोला एकातिर पुल अर्कोतिर !
-
अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना
-
बजेट ल्याउने दिन परिवर्तन गर्न माग