बजेट ल्याउने दिन परिवर्तन गर्न माग
बिहीबार, ०१ जेठ २०८२, ११ : ३२
सारांश
- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन्।
- उनले जेठ १५ गते गणतन्त्र दिवस र बजेट प्रस्तुत हुने दिन एउटै भएकोले परिवर्तनको माग गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद निधिले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस दिवस हो । अर्कोतर्फ सरकारले सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन हो । संविधानमै उल्लेख भएकाले दिन परिवर्तन गर्न सरकारलाई गाह्रो भएको होला । तर गणतन्त्र दिवस र बजेटको ‘वेटेज’ ज्यादै कम छ । त्यसैले परिवर्तन गर्न माग गर्दछु ।’
निधिले सभामुख देवराज घिमिरेलाई पनि संसद्को कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण