गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न
बिहीबार, ०१ जेठ २०८२, ११ : २८
सारांश
- एमाले सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बताए ।
- सांसद गैरेले महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बताए ।
- गैरेका अनुसार राज्यका निकाय र व्यक्तिहरूले आर्थिक अनुशासन पालना नगर्दा बेरुजुको समस्या बढेको छ ।
- उनले बेरुजु बढ्दै गएमा अवस्था कस्तो होला भनी चिन्ता व्यक्त गरे ।
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छ ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।’
सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए । उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण