शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न

बिहीबार, ०१ जेठ २०८२, ११ : २८
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • एमाले सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बताए ।
  • सांसद गैरेले महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको बताए ।
  • गैरेका अनुसार राज्यका निकाय र व्यक्तिहरूले आर्थिक अनुशासन पालना नगर्दा बेरुजुको समस्या बढेको छ ।
  • उनले बेरुजु बढ्दै गएमा अवस्था कस्तो होला भनी चिन्ता व्यक्त गरे ।

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छ । 

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।’ 

सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए ।  उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप