अमेरिका र कतारबिच १२ खर्ब डलरको सम्झौता

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिरबीच १२ खर्ब डलर बराबरको सम्झौतामा हस्ताक्षर भएको छ।
- कतार एयरवेजले बोइङ विमान खरिद, हतियार खरिद, प्राकृतिक ग्यास र क्वान्टम प्रविधिसँग सम्बन्धित सम्झौताहरू समावेश छन्।
- ट्रम्प दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणको क्रममा साउदी अरेबियापछि कतार पुगेका थिए।
- ट्रम्पले युएईका राष्ट्रपतिसँग भेट गर्ने र एआई, सेमीकन्डक्टर र ऊर्जा सम्बन्धी सम्झौता हुनसक्नेछ।
दोहा । कतार भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिर शेख तामिन बिन हमद अल–थानीबिच बुधबार दोहामा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौताहरूमा हस्ताक्षर भएको छ । ह्वाइट हाउसका अनुसार यसमा दुई देशबिच २४३ अर्ब डलरको वित्तीय सम्झौता पनि समावेश छ ।
यस वित्तीय सम्झौतामा कतार एयरवेजद्वारा बोइङ विमान खरिद, हतियार खरिद, प्राकृतिक ग्यास र क्वान्टम प्रविधिसँग सम्बन्धित सम्झौताहरू समावेश छन् । कतार एयरवेजले २१० वटा अमेरिकामा निर्मित बोइङ ७८७ ड्रिम लाइनर र ७७७ एक्स विमान खरिद गर्न बोइङ र जीई एयरोस्पेससँग सम्झौता गरेको छ । यो सम्झौताको मूल्य ९६ अर्ब डलर छ ।
आजै युएई जाँदैछन् ट्रम्प
दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणको क्रममा ट्रम्प बुधबार साउदी अरेबियापछि कतार आइपुगेका हुन् । कतारका अमिरले आफैँले दोहा विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका थिए । उनको स्वागत रातो साइबर ट्रक र ऊँटहरूबाट भएको थियो ।
आफ्नो मध्यपूर्व भ्रमणको अन्तिम दिन ट्रम्प आज युएई जानेछन् । यहाँ उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेछन् । दुई देशबिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सेमीकन्डक्टर र ऊर्जा सम्बन्धी मुद्दाहरूमा सम्झौता हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’