अमेरिका र कतारबिच १२ खर्ब डलरको सम्झौता
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिरबीच १२ खर्ब डलर बराबरको सम्झौतामा हस्ताक्षर भएको छ।
- कतार एयरवेजले बोइङ विमान खरिद, हतियार खरिद, प्राकृतिक ग्यास र क्वान्टम प्रविधिसँग सम्बन्धित सम्झौताहरू समावेश छन्।
- ट्रम्प दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणको क्रममा साउदी अरेबियापछि कतार पुगेका थिए।
- ट्रम्पले युएईका राष्ट्रपतिसँग भेट गर्ने र एआई, सेमीकन्डक्टर र ऊर्जा सम्बन्धी सम्झौता हुनसक्नेछ।
दोहा । कतार भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिर शेख तामिन बिन हमद अल–थानीबिच बुधबार दोहामा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौताहरूमा हस्ताक्षर भएको छ । ह्वाइट हाउसका अनुसार यसमा दुई देशबिच २४३ अर्ब डलरको वित्तीय सम्झौता पनि समावेश छ ।
यस वित्तीय सम्झौतामा कतार एयरवेजद्वारा बोइङ विमान खरिद, हतियार खरिद, प्राकृतिक ग्यास र क्वान्टम प्रविधिसँग सम्बन्धित सम्झौताहरू समावेश छन् । कतार एयरवेजले २१० वटा अमेरिकामा निर्मित बोइङ ७८७ ड्रिम लाइनर र ७७७ एक्स विमान खरिद गर्न बोइङ र जीई एयरोस्पेससँग सम्झौता गरेको छ । यो सम्झौताको मूल्य ९६ अर्ब डलर छ ।
आजै युएई जाँदैछन् ट्रम्प
दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणको क्रममा ट्रम्प बुधबार साउदी अरेबियापछि कतार आइपुगेका हुन् । कतारका अमिरले आफैँले दोहा विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका थिए । उनको स्वागत रातो साइबर ट्रक र ऊँटहरूबाट भएको थियो ।
आफ्नो मध्यपूर्व भ्रमणको अन्तिम दिन ट्रम्प आज युएई जानेछन् । यहाँ उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेछन् । दुई देशबिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सेमीकन्डक्टर र ऊर्जा सम्बन्धी मुद्दाहरूमा सम्झौता हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण