आर्थिक वर्षको छ महिनामा ३० खर्ब ९४ अर्ब तरलता प्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्र बैंकबाट २६ खर्ब ९२ अर्ब रुपैयाँ बढीको तरलता प्रवाह भएको छ । गत साउन १ देखि पुस मसान्तसम्म केन्द्रीय बैंकले रिपो, सोझै खरिद बोलकबोल तथा स्थायी तरलता सुविधा गरी कूल ३० खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह भएको हो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रिपोमार्फत ३ खर्ब १८ अर्ब ९ करोड रुपैयाँ प्रवाह भएकोमा, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ र स्थायी तरलता सुविधा (एसएलफ) मार्फत २६ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँ प्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ३३ खर्ब ६ अर्ब ९६ करोड तरलता प्रवाह भएको थियो ।
साथै, समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ७६ करोड खुद खरिद गरी ३ खर्ब ५८ अर्ब ९० करोड तरलता प्रवाह गरेको समेत जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६७ करोड खुद खरिद गरी ८० अर्ब २६ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब २८ करोड बिक्री गरी २ खर्ब ९६ अर्ब २२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी २ खर्ब ६० अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु