जसपा नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
शनिबार, ०३ जेठ २०८२, १९ : ३९
काभ्रेपलाञ्चोक । जनता समाजवादी पार्टी (जसपा) नेपालको काभ्रेपलाञ्चोक जिल्ला समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । बनेपास्थित अरनिको फेमिली फुड क्याफेको सभा हलमा शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट वीरबहादुर तामाङको अध्यक्षतामा २४ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो ।
पार्टीका संघीय परिषद् सदस्य धनबहादुर तामाङ नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित जिल्ला कार्य समितिको पदाधिकारी तथा सदस्यहरूको नामावली घोषणा गरेको हो । समितिको उपाध्यक्षमा पल्देन तामाङ, सचिव ध्रुवबहादुर थापामगर उपसचिव विकास ब्लोन (जङ्गे) र कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनकी प्रमुख वक्ता पार्टी केन्द्रीय सदस्य एवं काभ्रे जिल्लाकी अभियन्ता रजनी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण