सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण

समाचार सारांश
- सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा विषयमा विशेष संवाद सम्पन्न भयो।
- कार्यक्रममा गृहमन्त्री र पर्यटनमन्त्रीसहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो, जहाँ १६ बुँदे कार्ययोजना प्रस्तुत गरियो।
- महामन्त्री शर्माले जलवायु परिवर्तन नियन्त्रण र हिमाली क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ । सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा शनिबार विशेष संवादको आयोजना गरेका हुन् ।
महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथामा आधारशिविर पुगेर संवादमा सहभागी भएका हुन् । ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर विशेष संवाद सुरु गरिएको थियो । स्थानीयका तर्फबाट आरोही बाबू शेर्पाले सरकारले जलवायु परिवर्तनको असर नियन्त्रण एवं पर्यावरण जोगाउनेसहितका तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे प्रस्तुतीकरण दिए ।
लुक्लादेखि ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा आधार शिविर पुगेका महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए । शर्माले कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।
१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताएको छन् ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा. आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराएका छन् ।
महामन्त्री शर्माले यो साता दुई काममा व्यस्त रहे । उनले पहिलो साता आरोहण प्रशिक्षण र दोस्रो साता हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा