भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
सारांश
- भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुलीका २८ वर्षीय प्रतिमान गोले रहेका छन्।
- गोलेले बा.प्र. ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल चोरेका थिए, जुन हराएको थियो।
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका १० भातेढिकुरबाट हिजो बेलुकी (शुक्रबार) मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ११ तेर्से घर भई काभ्रेपलान्चोकको बनेपा बस्दै आएका २८ बर्षीय प्रतिमान गोले रहेका छन् ।
बाग्मती प्रदेश ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल तनहुँको भानु नगरपालिका २ घर भएका वासुदेब लोहनीले यही जेठ २ गते काठमाडौँको टोखा नगरपालिका ३ धनेश्वरबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
मोटरसाईकल सहित नियन्त्रणमा आएका गोलेलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण