भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

समाचार सारांश
- भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुलीका २८ वर्षीय प्रतिमान गोले रहेका छन्।
- गोलेले बा.प्र. ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल चोरेका थिए, जुन हराएको थियो।
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका १० भातेढिकुरबाट हिजो बेलुकी (शुक्रबार) मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ११ तेर्से घर भई काभ्रेपलान्चोकको बनेपा बस्दै आएका २८ बर्षीय प्रतिमान गोले रहेका छन् ।
बाग्मती प्रदेश ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल तनहुँको भानु नगरपालिका २ घर भएका वासुदेब लोहनीले यही जेठ २ गते काठमाडौँको टोखा नगरपालिका ३ धनेश्वरबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
मोटरसाईकल सहित नियन्त्रणमा आएका गोलेलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो