शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत

शनिबार, ०३ जेठ २०८२, १८ : १३
शनिबार, ०३ जेठ २०८२

हेटौँडा । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

संघको आयोजनामा शनिबार हेटौँडामा भएको एक कार्यक्रमकाबिच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए । सङ्घले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार वाग्लेलाई नगद राशि ११ हजार १११ रुपैयाँसहित पुरस्कृत गरिएको हो । तीन दशक देखी छापा माध्यमका सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आबद्ध छन् ।

सङ्घले चलचित्र, कला साहित्य र सङ्गीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व.धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक फागोलाई नगदसहित सम्मान गरेको हो । २०० भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेम गीतका सिरिज, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् । 

त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेसन म्यानेजर अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको हो । अधिकारी दुई दशकदेखि रेडियोमा सक्रिय रहेका छन् ।

दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौँडाकी बाल कलाकार शुपला सापकोटालाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप