हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
हेटौँडा । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।
संघको आयोजनामा शनिबार हेटौँडामा भएको एक कार्यक्रमकाबिच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए । सङ्घले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार वाग्लेलाई नगद राशि ११ हजार १११ रुपैयाँसहित पुरस्कृत गरिएको हो । तीन दशक देखी छापा माध्यमका सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आबद्ध छन् ।
सङ्घले चलचित्र, कला साहित्य र सङ्गीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व.धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक फागोलाई नगदसहित सम्मान गरेको हो । २०० भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेम गीतका सिरिज, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेसन म्यानेजर अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको हो । अधिकारी दुई दशकदेखि रेडियोमा सक्रिय रहेका छन् ।
दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौँडाकी बाल कलाकार शुपला सापकोटालाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण