आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

चार जना मृत अवस्थामा फेला

शनिबार, ०३ जेठ २०८२, २० : १३
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • नेपालका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन्।
  • धादिङ, बर्दिया, इलाम र काभ्रेपलाञ्चोकमा व्यक्तिहरू मृत फेला परेका हुन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । 

  • धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका-३ चिसापानीस्थित मालिङ्गा खोला बगरमा सोही गाउँपालिका-३ पुलामी डाँडा बस्ने काजिमान पुलामी मगरको छोरा ११ वर्षीय दिपक पुलामी मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • बर्दिया, गेरूवा गाउँपालिका-४ तिनघरूवा बस्ने ३८ वर्षीय गोपाल तिमिल्सिना आफ्नै घर पछाडी रहेको मकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • इलाम, देउमाई नगरपालिका-१ चमैता बस्ने ५१ वर्षीय मेख बहादुर राई सोही ठाउँस्थित खम्बुडाँडा जंगलमा शुक्रबार  मृत अवस्थामा फेला परेका छन् । 
  • काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-८ चौकोटस्थित हाल सञ्चालनमा नरहेको प्राइम नुडल्स चाउचाउ फ्याक्ट्री भित्र हाल नाम, थर र वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप