सरकारलाई ६ महिनामा २ खर्ब २६ अर्ब आन्तरिक ऋण उठाउने चुनौती

काठमाडौँ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । बजेट कार्यान्वयन, चालु तथा पुँजीगत खर्चको व्यवस्थापनसँगै वित्तीय व्यवस्थापनका लागि आन्तरिक स्रोतको व्यवस्थापनका लागि यस्तो लक्ष्य बनाइएको हो ।
तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म (पुस मसान्तसम्म) मा सरकारले जम्मा ३० अर्ब रुपैयाँ मात्र आन्तरिक ऋण उठान सकेको छ । बाँकी २ खर्ब २६ अर्ब रुपैयाँ अब ६ महिनामा उठाइसक्नुपर्ने बाध्यता सरकारसामु छ ।
यसै बाध्यतालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले तेस्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब रुपैयाँ विभिन्न वित्तीय औजारहरूको प्रयोग गरी आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।
आन्तरिक ऋणको तालिका सार्वजनिक गर्दै राष्ट्र बैंकले तेस्रो त्रैमासमा ट्रेजरी विलमार्फत ६० अर्ब, विकास ऋणपत्र मार्फत २५ अर्ब, नागरिक बचत पत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचत पत्र मार्फत ५० करोड गरी तेस्रो त्रैमासमा कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।
यस्तै, चौथो त्रैमासका लागि भने राष्ट्र बैंकले सबै गरी १ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।
तीन चरणमा गरेर तोकिएको परिणाममा आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैंकले पहिलो त्रैमासमा कतिपनि ऋण उठाएन । दोस्रो त्रैमासमा लक्ष्यको ११.७२ प्रतिशत आन्तरिक ऋण उठाएको केन्द्रीय बैंकले तेस्रो र चौथो त्रैमासमा क्रमशः ३४.३८ प्रतिशत र ५३.९० प्रतिशत ऋण उठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
-
दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
-
गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’