मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिहीबार, २६ माघ २०७९, १३ : ३८
बिहीबार, २६ माघ २०७९

पोखरा । बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु भएको छ । पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कस्कीका इन्पेकटर ज्ञान खड्काले बताए ।

२७ वर्षीय रेजिना पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ आउँदै थिइन् । रेजिनाले चलाएको गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आचार्यको मृत्यु भएको इन्पेक्टर खड्काले बताए । घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप