एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

काठमाडौँ । नेकपा एमालेले दुई महिने अभियान चलाउने भएको छ । फागुन र चैत महिनामा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको हो । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ ।
एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ ।
यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेकोे ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो । त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ । निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएकाले सो स्थानमा शीला यादवलाई जिम्मेवारी दिएको छ ।
एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त अभियान फागुन र चैत २ महिनाभर चल्ने छ । त्यसका लागि एमालेले विभिन्न ११ वटा कार्यदेश तोकेर केन्द्रीय सदस्यहरुलाई गाउँ तहसम्म पठाउँनेछ । यसक्रममा सदस्यता नवीकरण, वितरण, पूराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम गर्नेछ ।
अभियानको सुरुवात फागुन ५ गते सातै प्रदेशबाट एकैपटक हुनेछ । ‘सातै प्रदेशमा अभियानमा खटिने साथिहरुको अभिमुखीकरणबाट सुरु हुनेछ र अभिमुखीकरणको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुहुनेछ’, उपमहासचिव ज्ञवालीले भने, ‘सात जना उपाध्यक्ष एक एक प्रदेशमा जानुहुनेछ र यो दुई महिने अभियानपछि पार्टी फरक ढंगले जाने विश्वास गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?