माओवादी केन्द्र सजिलै पुनर्निर्माण हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र नामक पार्टी सजिलै पुनर्निर्माण नहुने टिप्पणी गरेका छन् ।
केन्द्रीय समिति बैठकलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले नेताहरु जनताको बीचमा गएर पार्टी निर्माणमा दिनरात खटिनुपर्ने बताएका हुन् ।
पार्टी पुर्ननिर्माणसँगै ध्रुवीकरणमा गएमा बलियो शक्ति हुन सकिने प्रचण्डले उल्लेख गरेको एक पदाधिकारीले बताए ।
‘हामीले पार्टी पुनर्निर्माण गर्न पदाधिकारी, स्थायी समिति बैठकमा गम्भीर छलफल र बहस गरेका छौं । पार्टी पुनर्निर्माणको दुई महिने अभियान चलाउने निर्णय भयो । सबै प्रदेश, जिल्ला र पालिकामा बैठकहरु बस्ने छन्’ प्रचण्डको भनाई उदृढ गर्दै ती पदाधिकारीले भने, ‘अब पार्टी पुनर्निर्माण गर्न काठमाडौंमा बस्ने सिंहदरबार बालुवाटार घुम्ने मात्रै होइन । जनता र कार्यकर्ताको बीचमा जानुस् । जनता, कार्यकर्ता र शुभचिन्तकका सुझावहरू लिएर संश्लेषण गर्नुस् । पार्टीलाई तलैबाट उठाए पुनर्निर्माण गर्न गाह्रो छैन ।’
सबै नेताहरुले पार्टी पुनर्निर्माण गर्ने संकल्प लिएमा असम्भव भन्ने केही नभएको प्रचण्डले जिकिर गरे । पार्टी नेता कार्यकर्ताको जीवनशैली र अचार व्यवहार सुविधा भोगी भएको विषयप्रति प्रचण्डले आपत्ति जनाए । माओवादी नेताहरु जनता र कार्यकर्ता बिर्सेर सुविधा भोगी हुँदा जनता र पार्टीबीचको सम्बन्ध टाढिँदै गएकोमा प्रचण्डले दुःख व्यक्त गरे ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएपछि धेरै कम्युनिस्ट शक्तिसँग वार्ता र छलफल भई सकारात्मक स्थिति बन्दै गएको प्रचण्डले उल्लेख गरे । पूर्व माओवादी घटक विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायत पार्टीसँग एकता गर्दै जाने विषयमा राम्रो हुँदै गएको बताए ।
अर्कोतिर एकीकृत समाजवादी र जसपासँग एकता गरेर समाजवादी केन्द्र बनाउने विषय समेत अघि बढेको प्रचण्डले खुलासा गरे ।
‘हामीले महरा जी नेतृत्वको वार्ता टोली बनायौं । हामीले आ–आफ्नो ठाउँबाट भूमिका खेलियौं । हामीले भूमिका खेल्दा राम्रो हुने रहेछ भन्ने आभास भएको छ’ प्रचण्डको भनाई उदृढ गर्दै पदाधिकारीले भने, ‘अहिले विभाजित माओवादी एक ठाउँमा आउने स्थिति बन्दै गएको छ । अर्कोतिर समाजवादी केन्द्र निर्माण गर्नेतिर जाँदै छ । भविष्यमा निकै ठूलो कम्युनिस्ट ध्रुवीकरण हुँदै जाने देखिएको छ ।’ माओवादी केन्द्रमा हुँदा सबैतिर सुनुवाइ हुँदा सकारात्मक वातावरण बन्ने गरेको प्रचण्डले अनुभूति सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब बाबुराम भट्टराईले आफू एसएसलसीमा बोर्ड फस्ट भएको खबर रेडियोबाट सुने
-
अघिल्लो चुनाव हारेका तीन जना बारा–२ मा भिड्दै, स्वतन्त्रको मत कसलाई ?
-
हेलिकप्टर दुर्घटना : ९ अमेरिकी सैनिकको मृत्यु
-
दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन
-
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
-
सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने