पत्रकारले संसद् बैठकको दीर्घामा बसेर रिपोर्टिङ गर्न पाउने नियम बन्दै
बिहीबार, २६ माघ २०७९, १९ : ११
काठमाडौं । संसद् बैठकको समाचार संकलनका लागि पत्रकार दीर्घाको व्यवस्था गर्नेबारेमा सांसदहरू एकमत भएका छन् ।
संसदमा रिर्पोटिङका लागि संसद् बैठक कक्षमा पत्रकार दीर्घा अर्थात लवी रिर्पोटिङको व्यवस्था गर्नेबारे नियम प्रतिनिधि सभा नियमावलीमा समावेश गरिने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा एमाले सांसद सुवास नेम्वाङले यसबारे प्रस्ताव गरेका छन् । नेम्वाङले संसद्को रिर्पोटिङको लागि लविको व्यवस्था गर्नेछौँ भन्ने नियम राख्न आग्रह गरे ।
हाल प्रतिनिधि सभा बैठकमा पत्रकारहरूलाई समाचार संकलन गर्न मिडिया सेन्टरका साथै संसद्को बाल्कोनीसम्म पहुँच दिइएको छ ।
बेलायतले सन् १७३१ देखि संसद् बैठकको छेउमा समाचार संकलनका लागि पत्रकारका लागि लवि अर्थात पत्रकार दीर्घाको व्यवस्था गर्न सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण