पत्रकारले संसद् बैठकको दीर्घामा बसेर रिपोर्टिङ गर्न पाउने नियम बन्दै
विहीबार, २६ माघ २०७९, १९ : ११

काठमाडौं । संसद् बैठकको समाचार संकलनका लागि पत्रकार दीर्घाको व्यवस्था गर्नेबारेमा सांसदहरू एकमत भएका छन् ।
संसदमा रिर्पोटिङका लागि संसद् बैठक कक्षमा पत्रकार दीर्घा अर्थात लवी रिर्पोटिङको व्यवस्था गर्नेबारे नियम प्रतिनिधि सभा नियमावलीमा समावेश गरिने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा एमाले सांसद सुवास नेम्वाङले यसबारे प्रस्ताव गरेका छन् । नेम्वाङले संसद्को रिर्पोटिङको लागि लविको व्यवस्था गर्नेछौँ भन्ने नियम राख्न आग्रह गरे ।
हाल प्रतिनिधि सभा बैठकमा पत्रकारहरूलाई समाचार संकलन गर्न मिडिया सेन्टरका साथै संसद्को बाल्कोनीसम्म पहुँच दिइएको छ ।
बेलायतले सन् १७३१ देखि संसद् बैठकको छेउमा समाचार संकलनका लागि पत्रकारका लागि लवि अर्थात पत्रकार दीर्घाको व्यवस्था गर्न सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग
-
कर्मचारी संयन्त्रसँग मिलेर काम गर्छु : सहरी विकासमन्त्री गुरुङ