चुनावमा केही गम्भीर खालका अन्तर्घात देखिए : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले चुनावमा केही गम्भीर खालका अन्तर्घात देखिएको बताएका छन् ।
पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले एकले अर्कालाई सिद्ध्याउने खालको प्रवृत्ति देखिएको बताए ।
तीन चरणका चुनावमा अन्तर्घात हुँदा पार्टीलाई निक्कै ठुलो क्षति भएको प्रचण्डले उल्लेख गरेको एक केन्द्रीय सदस्यले बताए । स्थानीय तह, प्रदेश र संघीय चुनावमा अन्तर्गत घात हुँदा पार्टीले धेरै सिट गुमाएको बताए ।
‘हामीले स्थानीय तह चुनावमा एउटा कमिटी बनायौं । कमिटीले स्थलगत रूपमा अन्तर्घातको छानबिन ग¥यो । अन्तर्घातमा संलग्न नेताहरूलाई समेत भेटेर प्रतिवेदन बुझाएको छ । प्रदेश र संघको चुनावमा भएका अन्तर्घातका छानबिन गरेर रिर्पोट ल्याउने नै छौं’ प्रचण्डको भनाई उदृढ गर्दै ती केन्द्रीय सदस्यले भने,‘ अन्तर्घात धेरै होइन केही ठाउँमा गम्भीर खालका समस्या देखिए । एकले अर्को अर्कालाई निषेध गर्ने अवस्था छ । एकले अर्कोसँग छलफल गर्न नसक्ने अवस्था रहेछ ।’
अन्तर्घातको प्रकृति हेरेर आत्मालोचना गरेर छोड्ने भएमा त्यसै गर्ने गम्भीर अन्तर्घाती भएको पाएमा कठोर समेत हुनुपर्ने अवस्था आएको प्रचण्डले बताए । देश,जनता र सहिद परिवार नसम्झेर आफ्नो पद मात्रै सम्झने प्रवृत्तिलाई निषेध गर्नै पर्ने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण