सरकारको खर्च १३ प्रतिशतले बढ्दा आम्दानी १५ प्रतिशतले माइनसमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मौद्रिक नीतिको कार्यान्वयनको समीक्षा गरेको बैंकले सरकारी आय व्ययको स्थिति माइनसमा रहेको देखाएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा संघीय सरकारको कुल खर्च १३.७५ प्रतिशतले वृद्धि हुँदै गर्दा यता राजस्व १५.३२ प्रतिशतले घटेको बैंकले जनाएको छ । २०७९ पुस मसान्तसम्म संघीय सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३५ करोड पुगेको छ भने यस अवधिमा ४ खर्ब ५८ अर्ब ९९ करोड राजस्व परिचालन भएको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ राजस्व परिचालन भएको थियो ।
राजस्व परिचालन घटेका कारण २०७९ पुस मसान्तमा नेपाल सरकारको वित्त घाटा १ खर्ब १७ अर्ब ३६ करोड रहन पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा सरकारी वित्त ३५ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो । २०७९ पुस मसान्तसम्ममा भएको कुल खर्चमा चालु खर्चको अंश ८०.२१ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण