आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरु, तस्बिरहरु हेर्नुहोस्
फोटोफिचर

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरु, तस्बिरहरु हेर्नुहोस्

शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । भूकम्पका कारण जीर्ण र भत्किने अवस्थामा पुगेपछिमुलुककै जेठो क्याम्पसको रूपमा चिनिएको त्रिचन्द्र क्याम्पसको यतिबेला प्रबलीकरण भइरहेको छ। राणा शासक चन्द्र शमसेरले स्थापना गरेको यस कलेजको संवर्धन गर्न विद्यार्थीले आन्दोलन समेत गरेका थिए। स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन हुने गरेको तथा राणाकालीन समयमा बनाइएको यो भवनको पुरानै तरिकाले बनाइँदैछ। यसका लागि सरकारले ४८ करोड बजेट छुट्याएर २ मोडलमा प्रबलीकरण भइरहेको छ। 

अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले २०७८/७८ को संशोधित बजेटमा त्रिचन्द्र क्याम्पस र यसको परिसरमा रहेको घण्टाघरको पुरानै शैलीबाट निर्माण गर्ने घोषणा गरेका थिए। पुरातात्त्विक महत्त्वले पूर्ण रहेको भवन प्रबलीकरणका लागि पुरातत्त्व विभागको समन्वयमा घण्टाघरको दायाँ क्षेत्रको प्रबलीकरण गर्ने र बायाँ क्षेत्रको भवनको पुनर्निर्माण गर्ने गरी डिजाइन तयार पारिएको छ। 

डिजाइन अनुसार कलेजको दक्षिण पट्टीको पुरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइनेछ। उत्तरपट्टीको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रबलीकरण गरिनेछ । सम्पूर्ण पुनर्निर्माण र प्रबलीकरणका कामहरू २ वर्ष भित्र सम्पन्न गरिसक्नु पर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया