आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चर्को आवाज निकाल्ने ५० मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

शुक्रबार, २७ माघ २०७९, २० : ५०
शुक्रबार, २७ माघ २०७९

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराका सडकबाट ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीले चर्को र कर्कश आवाज निकाल्ने ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयका प्रमुख इन्स्पेक्टर प्रकाश शाहले बताए । 

‘सवारी मोडिफाई गरेर सडकमा जथाभाबी सवारी गुडाउने, कर्कश आवाज निकाल्ने सावरीलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने । 

ट्राफिक प्रहरीले २६ र २७ गते गरी उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

 शाहका अनुसार ट्राफिक नियमको उल्लंघन गर्नेलाई पनि नियन्त्रणमा लिएको छ । 

ट्राफिक नियमको उल्लंघन गरेको खण्डमा प्रहरीले १ देखि ५ हजारसम्म जरिवाना गर्न सकिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप