चर्को आवाज निकाल्ने ५० मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
शुक्रबार, २७ माघ २०७९, २० : ५०
पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराका सडकबाट ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले चर्को र कर्कश आवाज निकाल्ने ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयका प्रमुख इन्स्पेक्टर प्रकाश शाहले बताए ।
‘सवारी मोडिफाई गरेर सडकमा जथाभाबी सवारी गुडाउने, कर्कश आवाज निकाल्ने सावरीलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।
ट्राफिक प्रहरीले २६ र २७ गते गरी उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
शाहका अनुसार ट्राफिक नियमको उल्लंघन गर्नेलाई पनि नियन्त्रणमा लिएको छ ।
ट्राफिक नियमको उल्लंघन गरेको खण्डमा प्रहरीले १ देखि ५ हजारसम्म जरिवाना गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण