उद्योग वाणिज्य सङ्घ रौतहट र स्थानीय प्रशासनबीच सहमति, खुल्यो गौरबजार

रौतहट । उद्योग वाणिज्य सङ्घ रौतहट र स्थानीय प्रशासनबीच सहमति पछि बन्द रहेको गौर बजार पुनः सञ्चालन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र उद्योग वाणिज्य सङ्घ रौतहटबीच सहमति भएपछि माघ २६ गतेदेखि माघ २९ गतेसम्म बन्द गर्ने सङ्घको निर्णय स्थगित भएको अध्यक्ष पण्डित प्रसाद जयसवालले बताए ।
शुक्रबार भएको वार्तामा स्थानीय प्रशासनले अगामी दिनहरूमा व्यवसायीहरुलाई व्यवसाय गर्न सहकार्य गरी अव्यवहारिक अवरोध नगर्ने , प्लान्ट क्वारेनटाइनको कार्यालय स्थापना गरी खाद्यान्न सामग्रीको सहज आयात बनाउने, बैङ्क ब्याज वृद्धि लगायतका समस्या समाधानको लागि सम्बन्धित निकायमा पहल गर्ने जस्ता सहमति भएको सङ्घले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
सहमतिसँगै शुक्रबार साँझबाटै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता भएको र व्यवसायीहरुले आफ्नो व्यवसाय खोली सञ्चालन गर्ने सहमति भएको संघका अध्यक्ष जयसवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?