उद्योग वाणिज्य सङ्घ रौतहट र स्थानीय प्रशासनबीच सहमति, खुल्यो गौरबजार
रौतहट । उद्योग वाणिज्य सङ्घ रौतहट र स्थानीय प्रशासनबीच सहमति पछि बन्द रहेको गौर बजार पुनः सञ्चालन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र उद्योग वाणिज्य सङ्घ रौतहटबीच सहमति भएपछि माघ २६ गतेदेखि माघ २९ गतेसम्म बन्द गर्ने सङ्घको निर्णय स्थगित भएको अध्यक्ष पण्डित प्रसाद जयसवालले बताए ।
शुक्रबार भएको वार्तामा स्थानीय प्रशासनले अगामी दिनहरूमा व्यवसायीहरुलाई व्यवसाय गर्न सहकार्य गरी अव्यवहारिक अवरोध नगर्ने , प्लान्ट क्वारेनटाइनको कार्यालय स्थापना गरी खाद्यान्न सामग्रीको सहज आयात बनाउने, बैङ्क ब्याज वृद्धि लगायतका समस्या समाधानको लागि सम्बन्धित निकायमा पहल गर्ने जस्ता सहमति भएको सङ्घले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
सहमतिसँगै शुक्रबार साँझबाटै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता भएको र व्यवसायीहरुले आफ्नो व्यवसाय खोली सञ्चालन गर्ने सहमति भएको संघका अध्यक्ष जयसवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण