आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री ब्याडमिन्टन उपाधि प्रिन्स र जेशिकालाई

शनिबार, २८ माघ २०७९, १८ : ३६
शनिबार, २८ माघ २०७९

इटहरी । इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्गले जितेका छन् ।

प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजय बापत दाहालले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रफुलले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थानमा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । विष्णु र रुकेश प्रत्येकले नगद १०÷१० हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधीका साथ नगद ५० हजार सहित हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । अमिताले दोस्रो भए बापत नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेस्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधि सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि उचालेका हुन् । दोस्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेस्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेस्रो हुँदै ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे । विजयी जोडीले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधीका साथ नगद ३० हजार प्राप्त गरे । उपबिजयी लिनथेप र राईको जोडीले नगद १५ हजार प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका एपिएफका क्षितिज खनाल र जेशिका गुरुङ तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडी प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे ।

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडीले बिजय प्राप्त गर्‍यो । चौधरी र लामाको जोडीले स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८, २१–१८ ले पराजित गदै बिजय प्राप्त गरेका हुन् । तेस्रो स्थानमा ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको तथा दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडी रहे । विजयी जोडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तेस्रो हुने जोडी प्रत्येकले नगद ५÷५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।  

भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडीलाई पराजित गर्दै गुहाटीका वास्तव नियोग र धादिङका विष्णु लाल श्रेष्ठको जोडीले बाजी मारे । नियोग र श्रेष्ठको जोडीले राई र तामाङको जोडीलाई २१–१०, २१–१९ ले पराजित गरेका हुन् । मोरङका कुमार घले र सुनसरीका भोज राज रखालको जोडी तथा कास्कीका रमेश भट्टचनक र ललितपुरका दिल बहादुर कदङ्गवाको जोडी संयुक्त तेस्रो भए । विजयी जोडीले नगद २० हजार, उपविजयी जोडीले नगद १० हजार र तेस्रो हुने जोडीले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडाले भोजपुरका तयाबुङ्ग राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै विजयी भए । तेस्रो स्थानमा आर्मीका दीप थिङ्ग र सप्तरीका संगम राउत रहे । छात्रा तर्फ कास्कीकी निभा राई विजयी भइन् । भोजपुरकी रितु तामाङ्ग खुट्टामा चोट बोकी रिटायर्ड हर्ट भएपश्चात निभाले खेल जिजेकी थिईन् । पहिलो सेट ४–२१ ले गुमाएकी रितु दोस्रो सेटमा ५–११ को स्थितीमा खुट्टामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् । तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी ईशिता खत्री र सुनसरीकी रिश्ता रावल रहे । बिजयीले नगद १३ हजार, उपबिजयीले नगद ७ हजार र तृतीयले नगद ३ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १३ छात्र तर्फ आर्मीका रिजन मगरले एपिएफका आरुष सिमखडालाई २१–१७, २१–१२ ले पराजित गर्दै उपाधि उचाले । तेस्रो स्थानमा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ र तनहुँका सफल भुजेल रहे । छात्रा तर्फ सेनाकी रिहाना शेरचन विजयी भइन् । उनले पहिलो सेट आर्मीकी टिसारानी शाक्यलाई २१–१४ ले जितेकोमा दोस्रो सेट ११–३ को अवस्थमा टिशा रिटायर्ड हर्ट भए पश्चात सोतः खेल जितेकी थिईन् । तेस्रो स्थानमा आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी निभा राई रहे । बिजयीले नगद १५ हजार, उपविजयीले नगद ८ हजार र तेश्रोले नगद ४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १५ छात्र तर्फ सेनाका कविर के.सी.ले एपिएफका अरुण अधिकारीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधि उचाले । तेस्रो स्थानमा सुनसरीका संगम गिरी र कैलालीका शिषिर राना रहे । छात्रा तर्फ सेनाकी टिसारानी शाक्य घाईते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन् । तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी बिकिता आचार्य र कास्कीकी निभा राई रहे । बिजयीले नगद १७ हजार, उपबिजयीले नगद ९ हजार र तेश्रोले नगद ४ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेकपा एमाले १ नं. प्रदेश सभा सदस्य तथा सचेतक माननिय रेवती रमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्र शेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतीक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप