शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेलको निरन्तरता

बुधबार, १८ माघ २०७९, १४ : ३४
बुधबार, १८ माघ २०७९

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई नै आगामी ४ वर्षे कार्यकालका लागि निरन्तरता दिएको छ । माघ १८ गते बसेको ४११औं सञ्चालक समितिको बैठकले उनलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो  । 

पोखरेलले स्थापनाकाल देखिनै बैङ्कसँग आबद्ध भई विभिन्न ओहदामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।  साथै २०६५ साल देखिनै उनले दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हालेपछि उदाहरणीय लगन, परिश्रम, दृढता, सङ्कल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएको बैंकले जनाएको छ ।  उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैंकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

बैंकका अनुसार उनको पहिलो ४ बर्से कार्यकालमा निक्षेप औसतमा वार्षिक २६.०४% वृद्धि गरी हाल रु १६१.४५ अर्ब पुगेको छ भने कर्जा औसतमा वार्षिक २३.६२% वृद्धि गरी हाल रु १४२.५४ अर्ब र चुक्ता पुँजी रु. १४.२० अर्ब पुगेको छ । त्यसै गरी खुद नाफा ४ वर्षमा औसतमा वार्षिक १२.९१% वृद्धि भई आ.व. २०७८÷७९ मा रु २ अर्ब पुगेको छ ।  

हाल देशै भरी बैंकले १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटीएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माइक्रो फाइनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको सङ्ख्यामा ग्राहक रहेका छन् । 

बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर र कानुनमा स्नातक तथा काठमाडौँ विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप