६ महिनामा सरकारले दियो २५ अर्ब ६० करोड कर छुट
काठमाडौँ । चालू आर्थिक वर्ष सरकारले विभिन्न शीर्षकमा २५ अर्ब ६० करोड ३८ लाख रुपैयाँ कर छुट दिएको छ । आज चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै सरकारले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको कर छुट दिएको जानकारी दिएको हो । सरकारले महशुलतर्फ र आन्तरिक राजश्वतर्फ गरी कूल २५ अर्ब ६० करोडभन्दा धेरैको कर छुट दिएको जानकारी दिएको छ । यस अवधिमा भन्सार विभागले १८ अर्ब ८ करोड ७ लाख रुपैयाँ बराबरको आयातमा लाग्ने ३ अर्ब १० करोड १० लाख महशुल छुट दिएको छ ।
सरकारले आफ्नो स्वामित्वमा भएका संगठित संस्था, मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, वैदेशिक ऋण वा अनुदानमा सञ्चालन गरिने आयोजनाले आयात गर्ने वस्तुमा भन्सार छुट दिँदै आइरहेको छ । यसका लागि लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा ठेकेदारको नाममा आयात हुने वस्तुमा समेत कर छुट दिइँदै आएको छ ।
अर्थमन्त्रालयका अनुसार आर्थिक ऐन बमोजिम दस्तुर, शूल्क, महशुल, करको दर पूर्ण वा आंशिकरुपमा मालवस्तु आयात गर्दा छुट दिने गरिएको छ । यही शीर्षकमा भन्सार विभागले साढे ३ अर्बभन्दा बढीको कर छुट दिएको हो । यस्तै, आन्तरिक राजश्वतर्फ आर्थिक ऐन, २०७८ र आयकर ऐन २०५८ को विभिन्न दफा बमोजिम करदातालाई २४ अर्ब ५० करोड २८ लाख रुपैयाँ कर छुट दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण