परराष्ट्रमन्त्रीसँग नेपालका लागि नर्वे र उत्तर कोरियाका राजदूतको भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेकी छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिइन् । भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाइन् ।
उत्तर कोरियाका राजदूत भेट
आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि उत्तर कोरियाका राजदूत योङ म्यानले शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्धन्द्धको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बर्ताए ।
यस अवसरमा राजदूत योङ म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायीत्वको पक्षमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण