बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीसँग नेपालका लागि नर्वे र उत्तर कोरियाका राजदूतको भेट

आइतबार, २९ माघ २०७९, १७ : १०
आइतबार, २९ माघ २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेकी छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो । 

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिइन् ।  भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाइन् । 

उत्तर कोरियाका राजदूत भेट
आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि उत्तर कोरियाका राजदूत योङ म्यानले शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्धन्द्धको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बर्ताए । 

यस अवसरमा राजदूत योङ म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायीत्वको पक्षमा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप