सहमति कार्यान्वयन भए सरकारमा जान्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दलहरुसँग भएको सहमति कार्यान्वयन भए पुन: सरकारमा जाने बताएको छ । सो पार्टीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी जानकारी दिएका हुन् ।
‘सहमति कार्यान्वयन गर्ने अवस्था रह्यो भने हामी फेरि सरकारमा जान सक्छौ । त्यो विषयमा तोडिएको जस्तो अनुभूति भएर हामीले सरकार छोडेका हौ’, बैठकपछि बुर्लाकोटीले भने, ‘बैठकमा अध्यक्षले अहिलेको राजनीतिक घटनाक्रम र उच्चस्तरीय संयन्त्रमा भएको छलफलबारे ब्रिफिङ गर्नुभयो ।’
उनले पुरानो सहमति कायम वा चत्तिबुझदो नयाँ सहमति भए सरकारमा जान सकिनेबारे छलफल भएको बताए । उनले उपनिर्वाचनमा सभापति रवि लामिछाने उम्मेदवार हुने र त्यो निर्वाचनपछिमात्रै सभापति लामिछाने सरकारमा जाने बताए । लामिछानेको नागरिकता विवादपछि रास्वपा गृह मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण