इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
सारांश
- शुक्रबार सर्वोच्च अदालतमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रको बयान लिइँदै छ, जसअघि उनको हतकडी खोलिएको थियो।
- यसअघि काठमाडौं जिल्ला अदालतमा लैजाँदा मिश्रलाई हतकडी लगाइएको थियो, तर सर्वोच्चमा बयानका लागि हतकडी खोलियो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग शुक्रबार सर्वोच्च अदालतको इजलासमा बयान लिइँदै छ । त्यसअघि उनलाई सर्वोच्च अदालत परिसरमा हतकडी खोलिएको छ । इजलासमा लैजानु अगाडि मिश्रको हतकडी खोलिएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतमा लैजाँदा मिश्रलाई हतकडी सहित लगिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइँदैछ ।
उनलाई बिहीबार साँझ पनि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।
आज भने मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण