बाघको छालासहित दुई जना पक्राउ
सोमबार, ०१ फागुन २०७९, २१ : २०
कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरूको साथबाट एक थान पुच्छरसम्मको तीन फिट लम्बाइ र पाँच इन्च चौडाइ भएको बाघको छाला बरामद गरी नियन्त्रणमा लिइएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण