रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा भएका विभिन्न दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा सोमबार दिउँसो दुई जनाको मृत्यु भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशको कार्यालय बुटवलले दिएको जानकारीअनुसार शुद्धोधन गाउँपालिका र सैनामैनामा नगरपालिकामा भएको दुर्घटनामा दुई युवाको ज्यान गएको हो ।
रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा लु ५८ प ९७६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किएर चालक २५ वर्षीय सागर कुमालको मृत्यु भएको हो । सैनामैना–४ घर भएका उनी दुर्घटनामा परेपछि उद्दार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यसैगरी पूव–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना–११ फयरलाइनमा बुटवलतर्फ आउँदै गरेको स्कुटरले सोही दिशामा हिँडिरहेको सब्जी बोक्ने ठेलालाई ठक्कर दिँदा ३६ वर्षीय विशाल कार्कीको मृत्यु भएको हो । कपिलवस्तुको बाणगँगा नगरापलिका–१ घर भएका उनको दुर्घटनापछि उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा मृत्यु भएको हो ।
उनीसँगै पछाडि सवार सोही ठाउँका ३२ वर्षीय शैलेन्द्र पाण्डेको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ठेला गुडाइरहेका व्यक्तिलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध