रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
रुपन्देही । रुपन्देहीमा भएका विभिन्न दुर्घटनामा २ जनाको ज्यान गएको छ । मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा सोमबार दिउँसो दुई जनाको मृत्यु भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशको कार्यालय बुटवलले दिएको जानकारीअनुसार शुद्धोधन गाउँपालिका र सैनामैनामा नगरपालिकामा भएको दुर्घटनामा दुई युवाको ज्यान गएको हो ।
रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा लु ५८ प ९७६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किएर चालक २५ वर्षीय सागर कुमालको मृत्यु भएको हो । सैनामैना–४ घर भएका उनी दुर्घटनामा परेपछि उद्दार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यसैगरी पूव–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना–११ फयरलाइनमा बुटवलतर्फ आउँदै गरेको स्कुटरले सोही दिशामा हिँडिरहेको सब्जी बोक्ने ठेलालाई ठक्कर दिँदा ३६ वर्षीय विशाल कार्कीको मृत्यु भएको हो । कपिलवस्तुको बाणगँगा नगरापलिका–१ घर भएका उनको दुर्घटनापछि उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा मृत्यु भएको हो ।
उनीसँगै पछाडि सवार सोही ठाउँका ३२ वर्षीय शैलेन्द्र पाण्डेको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ठेला गुडाइरहेका व्यक्तिलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण