शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नामिबियाविरुद्ध बलिङ गर्दै स्कटल्यान्ड

बुधबार, ०३ फागुन २०७९, ०८ : ५४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । स्कटल्यान्डले एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको आईसीसी लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तानले टस जितेर बलिङ रोजेपछि  नामिबियाले ब्याटिङको निम्तो पाएको हो । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो । त्यसैले नामिबिया पहिलो जित निकाल्न चाहन्छ ।

यता स्कटल्यान्ड सिरिजको पहिलो खेलमा जित निकाल्न चाहन्छ ।  नामिबिया र स्कटल्यान्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन खेलमा स्कटल्यान्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप