शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशूली–मुग्लिङ सडकको काम द्रुतगतिमा अघि बढाउन ध्यानाकर्षण

बुधबार, ०३ फागुन २०७९, १२ : १७
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । एमाले सांसद विद्या भट्टराईले त्रिसुली–मुग्लिङ सडक स्तरोन्नतिको काम छिटो गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्ग अन्तर्गत करिब ९३ किलोमिटर त्रिशूली मुग्लिङ सडक एसियाली विकास बैंकको सहयोगमा ४ लेन स्तरोन्नति गर्नका लागि २०७८ सालमा सम्झौता भएको बताउँदै ८१ सालसम्म निर्माण सक्नुपर्नेमा सो सडकको भौतिक प्रगति ५ प्रतिशत मात्र रहेको बताइन् । 

सडक निर्माणका लागि पानीका पाइप र बिद्युतका पोल अवरोधको रूपमा रहेको बताउँदै यसका कारण पोत्रे पोखरा सडक निर्माणको काम सुरु नै हुन नसकेको बताइन् । 

सडकको अवस्था निकै दयनीय र यात्रुहरूको यात्रा निकै कष्टमय रहेको उल्लेख गर्दै सडक निर्माणको प्रगति सन्तोषजनक नरहेको बताइन् । उनले तोकिएको समयमा सडक निर्माणको काम सम्पन्न गर्न द्रुतगतिमा काम अघि बढाउन सरकारको ध्यानाकर्षण समेत गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप