त्रिशूली–मुग्लिङ सडकको काम द्रुतगतिमा अघि बढाउन ध्यानाकर्षण
काठमाडौँ । एमाले सांसद विद्या भट्टराईले त्रिसुली–मुग्लिङ सडक स्तरोन्नतिको काम छिटो गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्ग अन्तर्गत करिब ९३ किलोमिटर त्रिशूली मुग्लिङ सडक एसियाली विकास बैंकको सहयोगमा ४ लेन स्तरोन्नति गर्नका लागि २०७८ सालमा सम्झौता भएको बताउँदै ८१ सालसम्म निर्माण सक्नुपर्नेमा सो सडकको भौतिक प्रगति ५ प्रतिशत मात्र रहेको बताइन् ।
सडक निर्माणका लागि पानीका पाइप र बिद्युतका पोल अवरोधको रूपमा रहेको बताउँदै यसका कारण पोत्रे पोखरा सडक निर्माणको काम सुरु नै हुन नसकेको बताइन् ।
सडकको अवस्था निकै दयनीय र यात्रुहरूको यात्रा निकै कष्टमय रहेको उल्लेख गर्दै सडक निर्माणको प्रगति सन्तोषजनक नरहेको बताइन् । उनले तोकिएको समयमा सडक निर्माणको काम सम्पन्न गर्न द्रुतगतिमा काम अघि बढाउन सरकारको ध्यानाकर्षण समेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण